नेपालमा विदेशीहरूको आगमन र प्रस्थानलाई नियमन गरी देशको शान्ति, सुरक्षा र राष्ट्रिय हितमा सहयोग पुर्याउने र नेपाली नागरिकहरूको विदेश प्रस्थान एवं आगमनलाई व्यवस्थित गर्ने दायित्व अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रहेको छ । यस कार्यालयले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभाग मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ । यो कार्यालय नेपालको राजधानी काठमाडौँमा अवस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको छ ।
नेपालमा कानून बनाई विदेशी नागरिकहरूको आगमन तथा प्रस्थानको नियमन गर्ने कार्य वि.सं. २०१५ सालदेखि सुरु भएको हो । वि.सं. २०४६ भन्दा अघि अध्यागमन सम्बन्धी कामको जिम्मेवारी विदेशी सम्बन्धी ऐन, २०१५ र विदेशी सम्बन्धी नियमावली, २०३२ बमोजिम हुने गरी सीमाक्षेत्रमा कार्यरत प्रहरी एकाइहरूलाई दिइएको थियो । गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभागको स्थापना वि.सं. २०४६ साल श्रावण १ गते भएको हो ।
यस कार्यालयबाट अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ मा भएको व्यवस्था एवं सो सम्बन्धमा नेपाल सरकारले समय समयमा गरेका निर्णयहरूलाई नीतिगत एवं कानुनी आधारको रूपमा लिई आगमन तथा प्रस्थानको नियमन, नियन्त्रण र सोसम्बन्धी कार्य २४ सै घण्टा हुने गरेको छ ।
विशेषत: अध्यागमन कार्यालयले आप्रवासन र भिसा सम्बन्धी सेवा प्रवाह र नियमन गर्दछ । अध्यागमन सम्बन्धी कानुनहरूको परिपालना गराउँदछ। सीमा सुरक्षाको र देशको पर्यटन प्रवर्द्धन प्रति समर्पित रहेको छ । यसका साथै अन्तरदेशीय अपराध, आतङ्कवाद र मानव बेचविखन तथा ओसारपसार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको छ।
मिति | हाम्रो बारेमा विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
No हाम्रो बारेमा Found. |